Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

गिरुवारी खोलाको पुल भाँचियो, सवारी वैकल्पिक बाटो हुँदै सञ्चालन

३० मंगलबार , बैशाख २०८२१९ दिन अगाडि

गिरुवारी खोलाको पुल भाँचियो, सवारी वैकल्पिक बाटो हुँदै सञ्चालन

नवलपुरको चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी साधन वैकल्पिक बाटो हुँदै सञ्चालन गरिएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गिरुवारी खोलाको पुल भाँचिएपछि सवारी साधन रोकिएको थियो ।

नारायणगढ–बुटवल सडक पुल भाँचिएपछि पूर्ण रूपमा अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार अहिले वैकल्पिक बाटो हुँदै सवारी साधन पठाउने कार्य गरिएको छ । 

पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी-भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् भने खोलामा पानी नभएकाले सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको पनि प्रहरी नायब उपरीक्षक नेपालले जानकारी गराएका छन् ।

त्यसैगरी पश्चिमबाट पूर्वका लागि छुटेका सवारी साधनहरु चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कनसक्ने र ठूला सवारीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ ।

अहिले भाँचिएको पुलबाट पूर्ण रूपमा सवारी आवतजावत रोक लगाइएको छ । गएराति क्लिङकर बोकेको ट्रक पार गर्दै गर्दा पुल भाँचिएको र तत्काल सञ्चालन हुने सम्भावना नभएको बताइएको छ ।