Advertisement Banner
Advertisement Banner

०४ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

अनधिकृत संरचना हटाउन एक महिने ‘अल्टिमेटम’

२९ सोमबार , बैशाख २०८२एक बर्ष अगाडि

अनधिकृत संरचना हटाउन एक महिने ‘अल्टिमेटम’

काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागले आज संयुक्त रुपमा सूचना जारी गर्दै सो सडक क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन तथा भत्काउन भनेको हो ।

२०५८ मंसिर १८ गते तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्र प्रकाशित गर्दै जडीबुटी (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ बायाँ दुवैतर्फ १५–१५ मिटर सडक सीमा कायम गरेको थियो ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायबाट संयुक्त रुपमा मिति २०८२–०१–१० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानम सडक सीमा क्षेत्रभित्र नक्सा पासबिना निर्माण गरिएका अनधिकृत संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यपिक्तबाट हटाउन, भत्काउन मुनासिब माफिकको म्याद तोकी जानकारी गराइन्छ ।’

तोकिएको म्यादभित्र त्यस्ता संरचना नहटाएरमा सार्वजनिक सडक ऐन, २०३१ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, कार्यविधि र निर्णयबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।