Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भारत र पाकिस्तानबीच वार्ता हुँदै

२९ सोमबार , बैशाख २०८२९ महिना अगाडि

भारत र पाकिस्तानबीच वार्ता हुँदै

जम्मू-काश्मीरको पहलगाममा भएको आतंकवादी हमला पछि सुरू भएकाे भारत र पाकिस्तानबीचकाे युद्धलाई दुवै देशले आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्ध विराम गरेसँगै आज वार्ता हुने भएकाे छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता हुन भएको हाे ।  

यसअघि जम्मू-काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध सुरु भएको थियो । बैशाख २७ गते शनिवार पूर्ण तहको युद्ध विराम घोषणा भएपछि विवाद समाधानका लागि दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार वार्ता हुन लागेको हो ।

आज दिउँसो हुने वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने बताइएकाे छ । दुईदेशबीच सैन्य कारबाही सुरू भएपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरूले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए ।

यसअघि अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुङ्गिए आफू मध्यस्थता गर्न तयार रहेको बताउँदै दुई देशबीच तत्काल युद्ध विरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्ध विरामका लागि पहल गरेको थियो ।