Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कर्मचारीलाई टेलिफोन मार्फत धम्की दिने एकजना पक्राउ

२९ सोमबार , बैशाख २०८२एक बर्ष अगाडि

कर्मचारीलाई टेलिफोन मार्फत धम्की दिने एकजना पक्राउ

कर्मचारीलाई टेलिफोन मार्फत गाली गलौच तथा डर,त्रास देखाएर धाक, धम्की दिने एकजना पक्राउ परेका छन् । गृहमन्त्रीको मान्छे हुँ भन्दै कर्मचारीलाई धम्की दिने काभ्रेका ५० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

राजकुले कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच गर्ने, धम्की दिएर दैनिक काम काजमा समेत अवरोध गरेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी प्रसाद आचार्यले जनाएका छन् ।

उनलाई सात दिन म्याद थप गरी अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी आचार्यले जानकारी दिएका छन् ।