Advertisement Banner
Advertisement Banner

२२ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुँइचाे

२९ सोमबार , बैशाख २०८२२३ दिन अगाडि

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुँइचाे

आज बिहानैदेखि बौद्ध तीर्थस्थलहरूमा घुँइचाे लागेकाे छ । दर्शनार्थीले काठमाडौंकाे बौद्ध,स्वयम्भूनाथलगायत विभिन्न बौद्ध स्तुपाहरु भरिभराउ भएका छन् ।

वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने २५६९ औँ बुद्ध जयन्तीकाे अवसरमा बौद्ध स्तुपाहरुमा घुइँचो लागकाे हाे । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्वमा भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइने परम्परका रहेकाे छ ।

त्यसैगरी आज किरात राई समुदायले भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाउँदै छन् । गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले यस पर्वको नाम उभौली रहेको भन्ने गरिएकाे पाइन्छ ।

त्यस्तै वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास रहेकाे छ । याे समुदायका अनुसार नदीकाे माछा समेत गर्मीबाट बच्न बेसीको नदीबाट लेकतिर लाग्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्ने र यो पर्वका अवसरमा चण्डी नाचसमेत नाचिने भएकाले वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा समेत भन्ने गरेकाे पाइन्छ ।

आज २५६९ औँ बुद्ध जयन्ती र उभाैली पर्वकाे अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलाका नेताहरूले शान्तिकाे कामना गर्दै शुभकामना सन्देश दिएका छन भने नेपाल सरकारले सार्वजनिक विदा समेत दिएकाे छ ।