
भारतकाे जम्मु कश्मीरस्थित पहलगाममा भएकाे आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् । राजदूत श्रीवास्तवले हिँजाे आइतबार बुटवलस्थित सुदीप न्यौपानेको घरमै पुगेर परिवारलाई भेटी समवेदना व्यक्त गरेका थिए ।
राजदूत श्रीवास्तवले भेटमा पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सुदीप र उनका परिवारका सदस्यहरु काश्मीर घुम्न गएकाे बेला आतंकवादी हमलामा परेका थिए ।
बुटवल उपमहानगरपालिका–१४, घर भएका सुदीप र उनका परिवारका सदस्यहरु घुम्न गएकाे बेला गत अप्रिल २२ गते आतंकवादीकाे हमलामा परेर सुदीपसहित अन्य २६ जनाले ज्यान गुमाएका थिए । उक्त हमालामा सुदीपकाे आमा घाइते भएकी थिइन् ।