Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, जेठ २०८२30th May 2025, 11:39:34 am

आज २५६९ औँ बुद्धजयन्ती, देशभर सार्वजनिक बिदा

२९ सोमबार , बैशाख २०८२२५ दिन अगाडि

आज २५६९ औँ बुद्धजयन्ती, देशभर सार्वजनिक बिदा

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा चिनिएका भगवान गाैतम बुद्धकाे जन्म दिनकाे अवसरमा आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिका साथ बुद्धजयन्ती मनाउने गर्दछन् ।

आज भन्दा २५६८ वर्षअघि नेपालकाे कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा इसापूर्व ५६३ मा पिता शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उनै सिद्धार्थ गौतमले दु:खको निवारणको उपाय खोज्दै २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएकाे र इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध बनेका थिए ।

वैशाख शुक्ल पूर्णिमाकाे दिन जन्मिएका गाैतम बुद्धले वैशाख शुक्ल पूर्णिमाकै दिन ज्ञान प्राप्त गरेकाे र वैशाख शुक्ल पूर्णिमाकै दिन मृत्यु भएकाे थियाे । दुख नाश गर्नका लागि गाैतम बुद्धले सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि लगायत आठ मार्ग ज्ञान प्राप्त गरेकाे थिए ।

बुद्धले प्राप्त गरेका आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिएका कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । सरकारले बुद्धजयन्तीकाे अवसरमा २००८ जेठ ८ गतेदेखि सार्वजनिक बिदा दिन सुरू गरेकाे र साेही अनुसार आज पनि मुलुकभर सार्वजनिक बिदा सहित २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएकाे छ ।