
यसअघि यातायात व्यवस्था विभागले छपाई गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ । बैशाख २५ गते बिहीबारदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएकाले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको हो ।
विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि उक्त सेवा बन्द गरिएको विभागद्वारा जारी सूचनामा जनाइएको छ । विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्दै आएको थियो ।
विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएसँगै अत्यावश्यक लाइसेन्स छपाइको काम अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागले सूचनामा उल्लेख गरेको छ ।