Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, जेठ २०८२30th May 2025, 11:39:34 am

नेपाल राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै

२८ आइतबार , बैशाख २०८२एक महिना अगाडि

नेपाल राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने भएको हो ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका अनुसार आज निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिन अवधिका लागि ३० अर्ब तरलता खिच्न लागिएको जनाइएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने बताइएको छ ।

त्यस्तै बोलकबोलबाट तय हुने साँवा तथा ब्याज भुक्तानी आगामी जेठ १८ गते हुने र निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।