Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, जेठ २०८२30th May 2025, 11:39:34 am

तीन स्रष्टा र दुई संस्था सम्मानित

२८ आइतबार , बैशाख २०८२एक महिना अगाडि

तीन स्रष्टा र दुई संस्था सम्मानित

पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले नेपाली भाषा, साहित्य र वाङ्मयको विकासका लागि योगदान गरेका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ । हिँजाे काठमाडौँमा एक कार्यक्रममा आयोजना गरि स्रष्टा र संस्थालाई सम्मान गरेको हो ।

बि. सं. २०६७ सालमा पण्डित काशीनाथ उपाध्याय कट्टेल र उनकी धर्मपत्नी हरिप्रिया कट्टेलको स्मृतिमा स्थापना उक्त प्रतिष्ठानकाे स्थापना भएकाे थियाे । उक्त प्रतिष्ठानकाे तर्फबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रा.डा. हेमाङ्गराज अधिकारी र प्रा.डा. दीर्घराज घिमिरेलाई वाङ्मय पुरस्कार नगद २१ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो ।

त्यसैगरि कर्यक्रममा हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार साहित्यकार मुना अर्याललाई नगद १५ हजार, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियाे भने कार्यक्रममा धनकुटाको विश्रान्तिधाम संस्कृत गुरुकुल र पिण्डेश्वर विद्यापीठ धरानकाे दुई छात्रलाई सम्मान गरिएकाे थियाे ।

उक्त सम्मान कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘व्यावहारिकसंस्कृतसम्भाषणाभ्यासः’ पुस्तककाे विमोचन गर्नुभएकाे थियाे । उक्त पुस्तकले संस्कृत सिक्न चाहनेका लागि सहयोग पुग्ने समेत बताइएकाे छ ।

प्रतिष्ठानले हालसम्म नेपाली वाङ्मयको विकासमा योगदान गरेका २४ भन्दा बढी व्यक्ति र संस्थालाई सम्मान गरिसकेको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलले बताउनुभयाे ।