Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

२८ आइतबार , बैशाख २०८२एक महिना अगाडि

जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

आज सुनसरीमा भएकाे पिकअप जिप दुर्घटनामा एकजना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । प्रदेश २ –०१–००च २१५ नम्बरकाे पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।

उक्त जिप गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३, फुटनी चोकमा दुर्घटना भएकाे हाे । दुर्घटनामा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अनियन्त्रित भई दुर्घटना भएकाे पिकअप जिप सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ । कामविशेषले विराटनगर गएका खतिवडा त्रियुगा नगरपालिका–८ गैरुनका स्थानीय हुन् ।

उक्त दुर्घटनामा जिप चालक उदयपुर चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकाे १४ वर्षीया छोरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जनाएका छन् ।