Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नाबालिका करणीको आरोपित पूर्वमेयरलाई २० लाख धरौटीमा छाड्न आदेश

२६ शुक्रबार , बैशाख २०८२एक बर्ष अगाडि

नाबालिका करणीको आरोपित पूर्वमेयरलाई २० लाख धरौटीमा छाड्न आदेश

आफ्नै संरक्षणमा रहेकी नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्वमेयर शिवाकोटीलाई उच्च अदालत विराटनगर, इलामका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर शिवाकोटीलाई यसअघि २०८१ पुस २२ गते झापा जिल्ला अदालतले निर्दोष हुन् भन्न सकिने स्थिति नभएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यता अदालतले थुनामा पठाएपनि स्वास्थ्य अवस्थाको कारण देखाउँदै पूर्वमेयर शिवाकोटी बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ५ महिनादेखि उपचार गराउदै आएका थिए ।