Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

डिपेन्डेन्टमा क्यानडा लग्ने भन्दै ठगि गर्ने युवती पक्राउ

२६ शुक्रबार , बैशाख २०८२एक महिना अगाडि

डिपेन्डेन्टमा क्यानडा लग्ने भन्दै ठगि गर्ने युवती पक्राउ

डिपेन्डेन्टमा क्यानडा लैजाने प्रलाेभनमा पारी २० लाख ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । दोलखा बैतेश्वर गाउँपालिका-८ घर भई भक्तपुर मध्यपुर थिमि-३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी पक्राउ परेकी हुन् ।

आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेकाले डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै उनले युवकसँग २० लाख लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । पैसा लिएर युवती सम्पर्कविहीन भएपछि पीडितले जाहेरी हालेकाे र साेही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुजितालाई बिहीबार टेकुबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।