
गैरकानुनी रूपमा पानामाबाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका परेका २० जना नेपाली नागरिकलाई अमेरिकाले नेपाल फर्काएकाे छ । अमेरिकाले ओम्नी एयरलाइन्सको चार्टर्ड विमानबाट उनीहरूलाई काठमाडौं ल्याएर छाडेको हाे ।
ओम्नी एयरलाइन्सको चार्टर्ड विमानबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका २० जनालाई बिहीबार काठमाडौँ ल्याएर छाडिएको हो । उक्त विमान भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौँ आएको थियाे ।
उनीहरू पानामाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेकाे र पानामा सरकारको सहयोगमा अमेरिकाले नेपाल ल्याएको हाे । पानामाबाट मंगलबार उडेको ओम्नी एयरलाइन्सको उक्त विमान सेनेगल, सेनेगलबाट नाइजेरिया, नाइजेरियाबाट युगान्डा, युगान्डाबाट केन्या, केन्याबाट दिल्ली हुँदै काठमाडौं आएको बताइएकाे छ ।