
आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटकाे लागि नेपाली महिला क्रिकेट टाेलीले पहिलाे खेल आज हङकङसँग खेल्ने भएकाे छ । नेपालले अहिले हङकङसँग पहिलो खेल खेल्न लागेकाे हाे ।
नेपाली टाेली भारतको राजधानी नयाँ दिल्लीमा अभ्यास खेल खेलेर विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे हाे । विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ भने नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ रहेका छन् ।
आज हङकङसँग पहिलाे खेल खेलेपछि नेपालले दाेस्राे खेल भाेली बहराइनसँग खेल्ने खेल तालिका रहेकाे छ । नेपालकाे तर्फबाट इन्दु बर्माकाे कप्तानीमा रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा सहभागि रहेका छन् ।