
२५ वैशाख,मा राजावादीहरुको आमसभाबाट घोषणा गरिएको छ– राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि जेठ १५ देखि अन्ििश्चतकालीन जनआन्दोलन गरिने छ । राप
पा, राप्रपा नेपाल, केशर विष्ट, नवराज सुवेदीसहितका उद्देश्य मिल्नेहरु एकै मञ्चमा उभिएर जनआन्दोलनको घोषणा गरेका हुन् । नवराज सुवेदी राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक हुन् ।
नवराज सुवेदीले भनेका छन्– जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ । आन्दोलन व्यवस्था परिवर्तनका लागि हो । सरकार वा सत्तामा रहेका दलहरूको विरोध गरिने छैन ।’
photo-ratopati