Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

पाँच सय वर्ष पुरानो गुम्बाकाे जीर्णोद्धार गरियाे

२५ बिहिबार , बैशाख २०८२एक महिना अगाडि

पाँच सय वर्ष पुरानो गुम्बाकाे जीर्णोद्धार गरियाे

हिमाल पारीकाे जिल्ला मुस्ताङकाे थासाङ गाउँपालिका–२, स्थित सौरु गाउँमा पाँच सय वर्ष पुरानो सौरु गुम्बाकाे जीर्णोद्धार गरिएको छ । २२ लाख ५० हजार लगानी गरेर पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले गुम्बाकाे जीर्णोद्धार गरेका हुन् ।

उक्त पाँच सय वर्ष पुरानाे जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मत सम्भार गरिएको गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनले जनाएका छन् । 

जीर्णोद्धार पछि गुम्बा परिसरमा ढलान गरिएकाे छ भने बिजुलीको व्यवस्थासँगै गुम्बा शौचालयलगायत अत्यावश्यक संरचना पनि निर्माण भएकाे बताइएकाे छ ।