Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

स्कुल बसमा अचानक आगलागी, विद्यार्थी र चालक सकुशल

२५ बिहिबार , बैशाख २०८२एक महिना अगाडि

स्कुल बसमा अचानक आगलागी, विद्यार्थी र चालक सकुशल

रूपन्देहीमा एउटा स्कुल बसमा अचानक आगलागी भएको छ । शुद्धोधन गाउँपालिका-४, फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगलागी भएको हाे ।

विद्यालय नजिकै पुगिसकेको बसमा बिहान अचानक धुँवा निस्किन थालेपछि आगलागी भएको बताइएकाे छ । बिहानको समयमा विद्यार्थी बोकेर स्कुलतर्फ गइरहेको लु १ क १३२६ नम्बरको बसमा आगालागि हुँदा बस जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

विद्यालयको गेटमै पुग्न लाग्दा बसबाट धुँवा निस्केर आगालागि भएकाे र तत्काल स्थानीयले विद्यार्थीको उद्धार गरेकाे र त्यसपछि प्रहरी, दमकल टोलीसमेत आएर आगो नियन्त्रणमा लिएकाे बताइएकाे छ । उक्त दुर्घटनाबाट विद्यार्थी तथा चालक सकुशल उद्दार गरिए पनि बस जलेर पूर्ण रूपमा नष्ट भएकाे  जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

उक्त दुर्घटना पछि प्रहरीले आगोलागीको कारणबारे विस्तृत अनुसन्धान थालेकाे छ ।