Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

विश्व रेडक्रस दिवस मनाइँदै

२५ बिहिबार , बैशाख २०८२एक महिना अगाडि

विश्व रेडक्रस दिवस मनाइँदै

आज ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भए अनुसार याे दिवस मनाउन लागिएकाे हाे ।

रेडक्रस र रेडक्रिसेन्टमा काम गर्ने स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने थालिएको हो । त्यस्तै आजैकाे दिन नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म भएकाे थियाे ।

प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने गरिन्छ ।

विश्वमा बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वका कारण वर्तमान विश्वमा मानवीय आदर्शलाई कायम गर्न कठिन रहेकाे र यस्तो अवस्थामा मानवतालाई जीवित राख्न,दया,शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न पनि याे दिवस उपयोगी हुने विश्वास गरिएकाे छ ।