
बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचना अधिकारी रविता कार्कीका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको बताइएको छ ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिएको हो । प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ बमोजिम सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।
प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।