Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

आज १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२४ बुधबार , बैशाख २०८२२५ दिन अगाडि

आज १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर मनाइँदै आएको राष्ट्रिय पत्रकारिता दिवस अन्तर्गत आज ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’मनाइदै मनाइँदै छ । हरेक वर्ष वैशाख २४ गतेको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाउने गरिन्छ ।  

यसअघि सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि हरेक वर्ष वैशाख २४ गते विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको हो । गोरखापत्रको  बि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा प्रकाशन सुरु भएको थियो ।

पत्रकारिता दिवसको अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौँ पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

ठाकुरले राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रको विकास प्रवर्द्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेर राज्यले कदर गरेको समेत उल्लेख गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरि पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान सहित दुई लाख र कदर पत्र प्रदान गरिने बताइएको छ ।

त्यसैगरी गोरखापत्र संस्थानले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘गोरखापत्र’ प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गर्दैछ ।