Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

संयुक्त राष्ट्रसंघद्वारा भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह

२४ बुधबार , बैशाख २०८२२५ दिन अगाडि

संयुक्त राष्ट्रसंघद्वारा भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह

गएराति भारतले पाकिस्तान प्रशासित काश्मीरमा मिसाइल हमला गरेकाे जानकारी सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले संयम अपनाउन आग्रह गरेकाे छ । काश्मीरमा गरेको मिसाइल हमलाप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई अधिकतम संयम अपनाऊन  आग्रह गरेकाे हाे

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले औपचारिक प्रतिक्रिया दिँदै भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन् ।उनले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुने पनि उल्लेख गरेका छन् ।

यसअघि मे ५ तारिखमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको बताएका थिए । त्यस्तै भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई दु:खद भन्दै दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।