
भारतले पाकिस्तानको कश्मीर र पंजाबका भू–भागमा सैन्य कारबाही सुरू गरेकाे छ । भारतकाे नियन्त्रनमा रहेकाे कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सैन्य कारबाही सुरू गरेकाे हाे ।
भारतले उक्त भू-भागमा सैन्य कारबाही थालेपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् । भारतीय अधिकारीहरूले उक्त भू–भागका सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।
भारतको पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीका कारण सो क्षेत्रका धेरै भागमा विस्फोटको आवाज सुनिएकाे स्थानीयले बताएका छन् । यता पाकिस्तानले पनि भारतले आफ्नो देशमा सैन्य कारबाही गरेपछि प्रतिकार गर्ने तयारी गरेको दाबी गर्दै राजधानी इस्लामाबाद र पंजाब प्रान्तमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको बताइएकाे छ ।
यसअघि गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतंककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको छ ।