Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

प्रकृति लम्सालपछि प्रिसा मारिइन्

२४ बुधबार , बैशाख २०८२२५ दिन अगाडि

प्रकृति लम्सालपछि प्रिसा मारिइन्

प्रधानमन्त्री ओली आफै गएर करोड दान दिएको संस्था भारतको केआईआईटीमा प्रकृति लम्सालपछि प्रिसा साह मारिएकी छिन् । निरन्तर नेपाली युवती किन मारिइन्छन् भारतमा भन्दै केआईआईटीलाई एनओसी बन्द गर्न माग गरिएको छ ।
दुबै छात्राको मृत्यु शंकास्पद देखिन्छ । भारतले छानबिनको नाटक गरेको छ, कूटनीतिक रूपमा नेपाललाई थामथुम पार्ने काम भएको छ । संसदमा यसबारे आवाज उठेको छ तर ओली सरकारले कुनै जवाफ दिने हिम्मत गरेको छैन ।
भुवनेश्वरको कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत वीरगन्जकी प्रीशा साह १८ वर्षकी थिइन भने केही महिना अघि अर्की छात्रा प्रकृति लम्साल स्नातक पढ्दै थिइन्, दुबैलाई मारियो । छानबिन, अनुसन्धान खोई, सरकार कहाँ छ, नेपालको कूटनीति के हो ? भनेर प्रश्न उठेको छ ।
पीडितलाई उचित क्षतिपूर्ति, नेपाली विद्यार्थीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति र आगामी दिन त्यस्ता घटना दोहोरिन नदिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग भइरहेको छ, सरकारले एउटा कानले सुनेर अर्को कानले उडाइरहेको छ । सयौं विद्यार्थी सुरक्षा भएन भनेर बीचैमा पढाइ छाडेर नेपाल फर्केका छन् ।
एमाले, कांग्रेस, माओवादी र अन्य पार्टीका सांसदले सरकार किन सुतेको, सरकारको पहल पुगेन, सुरक्षा र न्याय पाउने वातावरण सिर्जना होस्, भनेका छन् ।
कुन देशमा पढ्न जाने भनेर दलालहरू सामाजिक सञ्जाल, टीभी र अन्य माध्यमबाट आकर्षक प्रचार प्रसार गरिरहेका छन् । सरकारले उमेर, शिक्षण संस्था कुनै विचार नै नगरी एनओसी दिने र सटही सुविधा पनि दिंदा स्वदेशमै पढ्न सकिने विषयमा पढ्न विदेश जाँदा विदेशी मुद्रासमेत व्यापक बाहिरिएको स्थिति छ । संसदमा अथवा बुद्धिजीवीले जति चिच्याए पनि सरकारका लागि काग कराउँदैछ, पिना सुक्दैछ जस्तो देखिन्छ । युवाका लागि सरकारको जवाफदेहीता देखिदैन । एनओसी बन्द गर्न माग गरे पनि भारतका सामु नेपालले केही गर्न सक्ने अवस्था छैन ।