Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अनाधिकृत स्याटेलाइट प्रयोग नगर्न प्राधिकरणको चेतावनी

२३ मंगलबार , बैशाख २०८२एक बर्ष अगाडि

अनाधिकृत स्याटेलाइट प्रयोग नगर्न प्राधिकरणको चेतावनी

हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले अनाधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटेलाइट (भू–उपग्रह) प्रयोग गरेपछि सरकारले निर्देशनयुक्त चेतावनी दिएको छ ।

सरकारी स्वामित्वको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै अनाधिकृत रुपमा स्याटेलाइट इन्टरनेट सेवा प्रयोग नगर्न नगराउन निर्देशन दिएको हो । अन्यथा, कारबाही गर्ने प्राधिकरणको चेतावनी छ ।

प्राधिकरणका अनुसार मुलुकका केही स्थानहरु (अग्ला हिमालहरुको आधार शिविर (बेस क्याम्प क्षेत्रमा समेत) मा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले प्राधिकरणबाट अनुमति नलिई अनाधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदाय कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने वा प्रयोग गर्ने गरेको पाइएको छ ।

जारी सूचनामा उल्लेख छ, ‘नेपाल सरकारको अनुमति नलिई वा यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी दूरसञ्चार (इन्टरनेट) सेवा उपलब्ध गराइरहेको वा प्रयोग गरिरहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’