Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

अर्थमन्त्री पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२३ मंगलबार , बैशाख २०८२एक महिना अगाडि

अर्थमन्त्री पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा दुवै नेताबीच भेटवार्ता भएको हो । आजकाे भेटमा नयाँआर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल भएको बताइएको छ ।

यसअघि हिजो बिहान सोही प्रयोजनका लागि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाटका लागि बूढानीलकण्ठ पुगेका थिए । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।