
तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–३ मा चट्याङ लागेर सागर थिङलापुको मृत्यु भएकाे हाे ।
चट्याङ लागेर घाइते भएका थिङ्लाबुकाे उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक दिपक गौतमले जानकारी दिएका छन् ।
मन्दिर बनाउने क्रममा चट्याङ लागेर स्थानीय ४५ वर्षीय थिङ्लाबु घाइते भएका थिए भने थिङ्लाबुलाई मेघ गर्जनसहित चट्याङ पर्दा छर्राले लागेको थियाे । थिङलाबुको शव सोमबार साँझ नै पाँचथर अस्पतालदेखि परिवारका आफन्तले घरतर्फ लगेका छन् ।