
गएराति काठमाडाैँकाे बालाजुमा एटीएम फोड्दै गरेका एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालोमा राति १२ बजे एटीएम फोड्दै गरेकाे अवस्थामा एक व्यक्ति पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१३ का २९ वर्षिय ज्ञानेन्द्र ठकुरी रहेकाे प्रहरीले जनाएकाे छ । उनले सिमेन्टको ब्लक प्रयोग गरी कुमारी बैंकको एटीएम फुटाउँदै गरेकाे अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जनाएका छन् ।
मादक पदार्थ सेवन गरेर एटीएम फुटाउँदै गरेकाे बेला प्रहरीले पक्राउ गरेकाे बताइएकाे छ ।