Advertisement Banner
Advertisement Banner

२६ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

नवयुवराजको परिपक्व अभिव्यक्ति

२३ मंगलबार , बैशाख २०८२एक महिना अगाडि

नवयुवराजको परिपक्व अभिव्यक्ति

फिल्म हिरोइन सुरक्षा पन्तले नवयुवराज राम्रो हुनुहुन्छ, फिल्ममा खेले पनि हुन्छ भनेपछि समाजमा अनेक टिप्पणी भएका छन् । सुरक्षा पन्तको अभिव्यक्ति सुनेपछि नवयुवराज हृदयेन्द्र शाहले भनेका छन्– “कहिलेकाहीं फिल्मको भूमिकामा निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्नो विचार खुला रूपमा व्यक्त गर्ने अधिकार छ, र सबैले एक–अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुता फैलाऔं । नेपालीहरूले एक–अर्कालाई सहयोग गर्नु पर्छ, न कि तल झार्न । जय नेपाल !” २०५९ साउन १४ गते जन्मेका नवयुवराज हृदयेन्द्र २३ वर्षका युवा हुन् । उनको अभिव्यक्ति साह्रै परिपक्व खालको देखिन्छ ।
प्रम केपी ओलीले पनि राजा हुन नखोज्नु भनेका छन् । मानौ राजनीतिक नेताहरू जनताको घृणाबाट बच्न नवयुवराजलाई पनि प्रताडित गर्न थालेका छन् ।