
नेपाल प्रहरीका सात जना डिआइजी (प्रहरी नायव महानिरीक्षक) को सरुवा भएको छ । जनपद प्रहरी समूहतर्फका ७ डिआइजीहरूको सरुवा गरिएको हो ।
गृह मन्त्रालयले सरुवा गरेकोमा ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । सरुवाअनुसार कोशीमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विकलाई पठाइएको छ ।
त्यसैगरि गृह मन्त्रालयले डिआइजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा सरुवा गरिएको छ भने कर्णाली प्रदेशमा कसैलाई पठाएको छैन ।