Advertisement Banner
Advertisement Banner

२६ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु

२२ सोमबार , बैशाख २०८२एक महिना अगाडि

विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको छ । हिँजाे सिंहदरबारमा बसेको प्राधिकरणको बैठकले पूर्वतयारी शुरु गरेको जनाएको हो ।

सरकारले मनसुनजन्य विपद्का कारण हुन सक्ने जनधनकाे क्षेति र जाेखिमबाट बचाउनका लागि पूर्वतयारी शुरु गरेको हाे । विगतका वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी शुरु गरेको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बताएका छन् ।

कार्यकारी प्रमुख भट्टले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी शुरु गरेको बताएका छन् । जसका लागि सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताइएकाे छ ।

विपद्बाट बच्न र क्षति न्युनिकरणका लागि स्थानीयको भुमिका महत्वपूर्ण हुने भएकाले सबैले हातेमालाे गरेर सहयाेग पुर्‍याउनु पर्नेमा समेत कार्यकारी प्रमुख भट्टले आग्रह गरेका छन् ।