Advertisement Banner
Advertisement Banner

२६ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

गभर्नर सिफारिस समितिको बैठक स्थगित

२१ आइतबार , बैशाख २०८२एक महिना अगाडि

गभर्नर सिफारिस समितिको बैठक स्थगित

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएकाे सिफारिस समितिको बैठक स्थगित भएको छ । समितिको पहिलो बैठक आजा आइतबारका लागि बोलाइएकोमा उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो ।

यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए भने अहिले पनि समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको हाे । त्यस्तै भट्टराइको राजीनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेकाे थियाे ।

त्यसपछि समितिको पहिलो बैठक आजाकाे लागि बोलाइएको थियो भने अन्तिम समयमा अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक पुनः स्थगित भएको हो । नेपाली काँग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा गत २५ गते नै नियुक्त हुनु पर्ने गभर्नर अझै नियुक्त भएकाे छैन ।