Advertisement Banner
Advertisement Banner

२६ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

२१ आइतबार , बैशाख २०८२एक महिना अगाडि

सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-साँगा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भएकाे छ । भक्तपुर र काभ्रे जिल्ला जोड्ने उक्त राजमार्गमा छ लेनको सडक निर्माणकाे काम भइरहेकाेमा वर्षाका कारण सडक अवरूद्ध भएकाले एकतर्फी मात्र सवारी सञ्चालन गरिएकाे हाे ।

उक्त राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति साँगा सडक वर्षाका कारण बाटाे चिप्लाे भएकाले आवत जावत गर्न समस्या भएको र भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने सडकमा एकतर्फी सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जनाएका छन् ।

भक्तपुर र काभ्रे जोड्ने उक्त राजमार्गकाे निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको बताइएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।

अहिले वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगबाट आउन दिएको छ भने भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।

त्यसैगरि बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने र साना सवारी चिप्लेर लड्ने गरेकाले भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई सल्लाघारीको चौर र जगातिमै रोकिएको बताइएकाे छ ।