
अमेरिकाले सन् २०२६ का लागि डिभी कार्यक्रमअन्तर्गतको लोटरी नतिजा सार्वजनिक गरिएको छ । न्युयोर्क समयअनुसार शनिबार मध्यान्ह १२ बजे अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ कन्सुलर अफेयर्सले नतिजा सार्वजनिक गरेको हो ।
गत वर्ष २०२४ काे अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइट (dvprogram.state.gov) मार्फत आफ्नो नतिजा हेर्न सक्ने बताइएकाे छ । उक्त नतिजाअनुसार छनोटमा परेका आवेदकहरूलाई २०२५ अक्टोबर १ देखि भिसा प्रदान प्रक्रिया सुरु हुनेछ ।
लाेटरी विजेताहरूले सन् २०२६ को सेप्टेम्बर अन्त्यसम्ममा आप्रवासन भिसा प्राप्त गरिसक्नुपर्ने र तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा नगर्ने विजेता स्वतः अयोग्य ठहरिने मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिकाले हरेक वर्ष इ-डिभी कार्यक्रममार्फत हजारौं मानिसलाई अमेरिकी स्थायी आवासीय अनुमति (ग्रिन कार्ड) प्रदान गर्दै आएको छ भने नेपाल पनि उक्त कार्यक्रममा सहभागी हुँदै आएको छ ।
इ-डिभी कार्यक्रमका लागि नेपाल पनि सहभागी मुलुकमध्ये एक हो भने उक्त कार्यक्रमका लागि नेपाली आवेदकहरूको पनि उल्लेखनीय सहभागिता रहँदै आएको छ ।