
बिहानैदेखि परेको झरीका कारण कक्षा १२ को परीक्षामा सहभागि हुने विद्यार्थी प्रभावित भएका छन् । परिक्षाकाे पहिलाे दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरणको परीक्षा भएपनि बिहानैदेखिको झरीका कारण विद्यार्थी प्रभावित भएका हुन् ।
देशकाे विभिन्न भागमा बिहानैदेखि झरी परिरहेकाे छ भने आजदेखि सुरू परीक्षामा सहभागि हुन परीक्षा केन्द्रसम्म पुग्न विद्यार्थीलाई कठिनाइ भएको थियाे । बिहान ८ बजे शुरु भएको परीक्षा ११ बजे सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८ सय ७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९ सय ८ जना तथा आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना गरी कुल ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुनेछन् ।