
आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा पर्ने दुम्कीबासकाे डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हाे ।
बाढीले नारायणघाट–बुटवल सडक खण्डको डाइभर्सन बगाएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमनका लागि निर्माण गरिएको डाइभर्सन पनि बाढीले बगाएपछि सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएकाे बताइएकाे छ ।
उक्त सडक खण्डमा मालवाहक तथा ठूला सवारीसाधन राेकिए पनि यात्रुवाहक र साना सवारीसाधन वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताएका छन् । नेपालका अनुसार अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने बताइएकाे छ ।