
वर्षा र सहकालका देवताकाे रूपमा मनाइने रातो मछिन्द्रनाथकाे रथयात्रा सुरू गरिएकाे छ । मछिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएर रथ तानी जात्रा सुरु गरिएको हो ।
हिँजाे बिहिबार राति मछिन्द्रनाथको रथ तानेर सुरू गरिएकाे उक्त रथयात्रासँगै रथलाई पुल्चोकबाट गा:बहाल पुर्याइएको छ । यसअघि रातो मछिन्द्रनाथलाई बैशाख १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको थियाे ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म रथ तानेर राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन गरिने रातो मछिन्द्रनाथकाे रथयात्रा देशकै लामो रथ जात्रा समेत हो । भाेटाे देखाउने भएर यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।