Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विद्युतीय कार्ड लिनुपूर्व आवश्यक जानकारी लिन राष्ट्र बैंककाे आग्रह

१७ बुधबार , बैशाख २०८२एक बर्ष अगाडि

विद्युतीय कार्ड लिनुपूर्व आवश्यक जानकारी लिन राष्ट्र बैंककाे आग्रह

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट जारी हुने विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन आम सर्वसाधारणलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकले विद्युतीय कार्ड सेवा लिनुपूर्व आवश्यक जानकारी लिन आग्रह गरेको हो ।

बैंक तथा वित्तिय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डजस्ता विद्युतीय कार्ड जारी गर्दा आवेदन फारामसँगै कार्ड प्रयोगसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकबाट जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा छ ।

सूचनामा भनिएको छ, ‘विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व उपयुक्त कार्ड लिँदा लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाहरुजस्ता विषयवस्तुहरुबारे आवश्यक जानकारी लिने गरौं ।’ क्रेडिट कार्डको सन्दर्भमा सोको प्रयोग गर्दा लाग्ने ब्याजदरलगायत विषयमा पनि जानकारी लिन राष्ट्र बैंकको सुझाव छ ।