Advertisement Banner
Advertisement Banner

११ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

पत्रकार कार्कीको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन महासंघको माग

१४ आइतबार , बैशाख २०८२९ महिना अगाडि

पत्रकार कार्कीको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन महासंघको माग

शिक्षक आन्दोलनमा भएको झडपको क्रममा प्रहरीले फ्याँकेको पानीको फोहोरा आँखामा लागेर घाइते भएकी पत्रकार सविना कार्कीको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघले माग गरेको छ ।

प्राइम टेलिभिजनमा कार्यरत उनी समाचार संकलनको क्रममा घाइते भएको भन्दै महासंघले उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको हो । घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्नसमेत आग्रह गरिएको छ ।

भनिएको छ, ’महासंघ घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।’

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको भन्दै महासंघले यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको ठहर गरेको छ ।

विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि आन्दोलन गर्दै आइरहेका शिक्षकहरुले आज नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । सो क्रममा प्रहरीले हानेको पानीको फोहोर सिधै आँखामा पर्दा समाचार संकलनमा खटिएकी कार्की घाइते भएकी छन् । उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।