
माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम खुलेको जानकारी गराएको छ ।
हाल कक्षा १० मा नियमित विद्यार्थीको रुपमा अध्ययनरत साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई परीक्षामा समावेश हुनका लागि आगामी जेठ ११ गतेसम्म फाराम बुझाउन भनिएको छ । रजिष्ट्रेशन फाराम दस्तुर प्रतिविद्यार्थी तीन सय रुपैयाँ तोकिएको छ ।
दोब्बर दस्तुर ६ सय रुपैयाँ तिरेर जेठ १८ गतेसम्म फाराम बुझाउन सकिने छ । कार्यालयले रजिष्ट्रेशन फाराम भराउने कार्यमा सहजीकरण गर्न स्थानीय तहका शिक्षा महाशाखा, शाखा, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा विकास निर्देशनालयलाई निर्देशनसमेत दिएको छ ।