Advertisement Banner
Advertisement Banner

१३ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आधा दर्जन ठेकेदार कालोसूचीमा

१२ शुक्रबार , बैशाख २०८२एक दिन अगाडि

आधा दर्जन ठेकेदार कालोसूचीमा

समयमै काम नगर्ने आधा दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि डेढ वर्षका लागि ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयको जनाएको छ ।

कार्यालयका अनुसार कालोसूची अवधिभर त्यस्ता निर्माण कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा एमएस सेलकम टेक्नोलोजी प्रालि, विद्या कन्स्ट्रक्सन, डाइनामिक कन्स्ट्रक्सन अफ लुम्बिनी, ग्रेटवाल बिल्डर्स प्रालि, फेरि इन्भाइरोमेन्टल सर्भिसेस प्रालि र अद्धैत निर्माण सेवा छन् ।