Advertisement Banner
Advertisement Banner

०७ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कान्ति लोकपथ बन्द हुँदै

१२ शुक्रबार , बैशाख २०८२एक बर्ष अगाडि

कान्ति लोकपथ बन्द हुँदै

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्ति लोकपथ सडकखण्ड बन्द हुने भएको छ । सडक मर्मत कार्यका निम्ति दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आज सूचना जारी गर्दै वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडक बन्द गरिने जानकारी गराएको छ ।

भनिएको छ, ‘ठिंगन–बगुवा सडकखण्डअन्तर्गत गंगटे नजिकैको भर्याङ डाँडामा सडकको चौडाई विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएको हुँदा मिति २०८२–०१–१८ गतेदेखि मिति २०८२–०२–०१ गतेसम्म १५ दिन उक्त सडकखण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जानकारी गराइन्छ ।’

उक्त समयावधिमा काठमाडौं–हेटौंडा वा हेटौंडा–काठमाडौं यात्रा गर्नुपर्ने सवारीसाधनलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न सुझाइएको छ ।