Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज भूकम्प स्मृति दिवस

१२ शुक्रबार , बैशाख २०८२एक बर्ष अगाडि

आज भूकम्प स्मृति दिवस

आजभन्दा १० वर्ष अघि आजैकाे दिन बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेकाे दिनकाे सम्झनामा भूकम्प स्मृति दिवस मनाउन लागिएको छ । विसं २०७२ वैशाख १२ गतेकाे उक्त विनाशकारी भूकम्पमा ठूलो जनधनको क्षति भएकाले हरेक वर्ष भूकम्प स्मृति दिवस मनाउन लागिएको हाे ।

उक्त दिन गएकाे ७.६ म्याग्निच्युडको भूकम्पमा परि ८ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आज काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

त्यस्तै हिँजाे साँझ ७ बजेर ३४ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएकाे छ ।

पछिल्लाे समय पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको छ । यसअघि २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेकाे छ ।