Advertisement Banner
Advertisement Banner

१३ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आज विश्व औलो दिवस

१२ शुक्रबार , बैशाख २०८२एक दिन अगाडि

आज विश्व औलो दिवस

औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो (मलेरिया) दिवस मनाउने गरिन्छ । साेहि सन्दर्भमा आज नेपाललगायत विश्वभर याे दिवस मनाउन लागिएकाे हाे ।

विश्व औलो दिवसकाे अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका लागि नीतिगत व्यवस्था र सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकायलाई आह्वान गरेको छ । त्यस्तै औलो उन्मूलनका लागि राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट मात्रै सम्भव रहेकाे संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् ।

त्यस्तै आज अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि परेकाे छ । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरूप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाउन थालिएकाे हाे ।

अन्तरराष्ट्रिय प्रतिनिधि दिवसलाई अन्तर्राष्ट्रिय संगठनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन समेत भन्ने गरिएकाे यस दिवसलाई हरेक वर्ष एप्रिल २५ का दिन मनाउने गरिन्छ ।