
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएलगत्तै समातिएका चार जना भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको हो ।
अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा रहेका उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थान हद तोकेर राख्न र ६० दिन भित्र अनुसन्धान कार्य सम्पन्न गर्न अदालतले आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
उनका अनुसार अदालतको आदेशपछि अब प्रहरीले उनीहरुलाई थुनामुक्त गर्नेछ । अशोक गुरुङ समेत गरेर ४ जनाको तर्फबाट नारायणकुमार सुवेदीले गृह मन्त्रालयलाई प्रतिवादी बनाएर यहि बैशाख ३ मा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।