
आजदेखि विश्व खोप सप्ताह मनाइँदैछ । ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाउन लागिएकाे हाे ।
यस विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रबर्द्धन गर्नु रहेकाे छ । यसरी लगाइने खोपका कारण विगत ५० वर्षमा १५ करोड ४० लाख मानिसको जीवन जोगिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ ।
खाेपले शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको छ भने बालकदेखि वृद्धसम्मलाई रोग प्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खाले राेगहरू औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट समेत जोगाउन सक्छ ।
याे खोप सप्ताह संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ ।