Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आवासीय चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पार्दै

११ बिहिबार , बैशाख २०८२१० महिना अगाडि

आवासीय चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पार्दै

आजदेखि निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्था ठप्प पार्दै आन्दोलनमा उत्रिने भएका छन् । हिँजाे एक पत्रकार सम्मेलन गरेर  नेपाल चिकित्सक संघले आन्दोलनमा उत्रिने जनाएकाे हाे ।

पत्रकार सम्मेलन मार्फत डा. तेजशु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताएका थिए भने काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताएका छन् ।

गएकाे चैत्र २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार रहेकाे आरोप लगाउँदै उनले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरुलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिन आग्रह गरेका थिए । डा.मल्लले आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभइ सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताएका छन् ।

संघले आन्दोलन गर्नु बाध्यता भएको बताउँदै सर्वसाधारणमा पर्न गएको असुविधाप्रति माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।