Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

मक्र्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट

११ बिहिबार , बैशाख २०८२७ घण्टा अगाडि

मक्र्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ सुकेधारा हाइट्समा विशेष छुट ।

काठमाडौँ, वैशाख , १० २०८२। – नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड SCT र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश तथा विदेशका अतिथिलाई उत्कृष्ट सेवा दिँदै आएको ५–स्टार होटल मक्र्योर काठमाडौँ सुकेधारा हाइट्स बिच SCT-UPI कार्डका ग्राहकहरूलाई होटेलमा १५% सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात एससीटी–युपिआइ  कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि मक्र्योर काठमाडौँमा आफ्नो एससीटी–युपिआइ  कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले एससीटी–युपिआइ  कार्ड मार्फत भुक्तानी गर्दा फूड र वेभरेज बिलमा १०% छुट तथा रुमको महसुल दरमा १५% छुट पाउनु हुनेछ । रुम महसुलमा छुट UPI मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।