Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

तराईका जिल्लामा गर्मी बढेसंगै जनजीवन प्रभावित

१० बुधबार , बैशाख २०८२एक दिन अगाडि

तराईका जिल्लामा गर्मी बढेसंगै जनजीवन प्रभावित

केहीदिनदेखि बढ्न थालेको गर्मिसँगै तराईका जिल्लामा दैनिक तातो हावा 'लु' चल्न थालेपछि गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा तातो हावा 'लु' चल्न थालेसँगै बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको हो ।

जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका अनुसार अहिले ‘प्रि मनसुन’ को समय चलिरहेकोले बढी गर्मीको महसुस भएको बताइएको छ । कार्यालयका जलवायु विज्ञ सञ्जय साहका अनुसार धनगढीको अधिकतम तापक्रम आज यो वर्षकै सबैभन्दा बढी ४०.८ डिग्री सेल्सियस मापन भएको जनाइएको छ ।

यसअघि सोमबार धनगढीको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन भएको थियो भने प्रि मनसुनका कारण तातो हावासहितको हुरी चल्ने, असिना पानी पर्ने लक्षण देखाउँदा गर्मी पनि बढेको र अझैँ तापक्रम बढ्न सक्ने अनुमान गरिएको छ ।

मनसुन भित्रिन अझैँ डेढ महिना बाँकी रहेकाले गर्मी बढेसँगै धनगढी क्षेत्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध भइरहने समस्या समेत बढेको छ । गर्मीसँगै विभिन्न स्थानमा आगलागीका घटना पनि बढ्न थालेका छ ।