
कक्षा १२ पूर्वनिर्धारित परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिँजो साँझ बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा बैशाख ११ गतेदेखि गर्ने तालिका सार्वजनिक गरिएको भएपनि शिक्षक महासंघको निरन्तर आन्दोलनका कारण पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
बोर्डको बैठकले विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेकाले यस्तो निर्णय गरेको हो ।
यसअघि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेको भएपनि अन्तिम समयमा परीक्षा सरेको हो ।